मन्त्रिपरिषद् पुनर्गठनः यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

असार १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा ९(एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.