धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

असार १२, काठमाडौँ । के तपाईलाई रिस उठ्छ ? पक्कै पनि उठ्छ होला। संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस्। रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पुर्‍याउने गर्दछ। यसलाई नियन्त्रण गरिएन भने यसले अरूलाई होइन, आफैंलाई हानि पुर्‍याउन सक्छ।

खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ। त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं। तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन्।

रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्‍याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्‍याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।

सुन्तला
सुन्तलाले रिस कम गर्न मद्दत गर्दछ। यो सुन्दा अनौठो लागे पनि सुन्तलाले रिस नियन्त्रण गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन्, जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ।

हरियो सागसब्जी
हरियो सागसब्जी मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि निकै फाइदाजनक हुन्छ। हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले मुडलाई शान्त बनाउन मद्दत गर्छ। सागसब्जीमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन्छ। त्यसैले जब रिस उठ्छ काँक्रो, मटर र हरियो सागपात खानुहोस्।

ओमेगा–३ पाइने खानेकुरा
डिप्रेसनसँग लड्न फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ। बदाम, काजू र पास्ता जस्ता चीज खान सकिन्छ, जसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्न मद्दत गर्दछ।

नरिवल
नरिवलले ग्लुकोजको स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ। यसका साथै नरिवलको फाइबरले भोक कम गर्न पनि सहयोगी हुन्छ। यसको अतिरिक्त यसमा भएको म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ।

भिटामिन ‘डी’युक्त खानेकुरा
आफ्नो भिटामिन ‘डी’को स्तर जाँच गर्नुपर्छ। यसको कमीले रिसलाई बढाउन सक्छ। भिटामिन डीको कमी पूरा गर्न माछा, अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा खान सकिन्छ। साथै, डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ। एजेन्सीको सहयोगमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.