गायिका रचना रिमाल आरआर क्याम्पसमा संगीत पढ्दै

काठमाडौं । गायिका रचना रिमाल स्नातक (ब्याच्लर) पहिलो वर्षमा पढ्न थालेकी छन् । उनी काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पढ्न थालेकी हुन् ।

शुक्रबार उनले सामाजिक सञ्जालमार्फत आफूले संगीत विषयमा अध्ययन सुरु गरेको जानकारी दिएकी छन् । ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा संगीत विषयमा स्नातक पहिलो वर्षको अध्ययन सुरु गरेकी छु,’ उनले भनेकी छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.