सरकार ७ मुद्दामा चुकेको कांग्रेसको ठहर

भदौ ३, काठमाडौं । सरकार गठन भएको ६ महिना पूरा भएको छ । सय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भए पनि प्रमुख प्रतिपक्ष कांग्रेसले ६ महिनाको समीक्षा गर्दै ७ बुँदा सरकार चुकेको ठहर गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मुल्यवृद्धि, समृद्धि यात्रा र न्यायालयमा सरकार चुकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनका क्रममा जनाए । न्यायालयमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको ठहर गर्दै कार्यपालिका र व्यवस्थापिकाको लाचार छाँया बनाउने षडयन्त्र भएको कांग्रेसको ठहर छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, “हामीले राजीनामा मागेका छैनौं । साउन १५ गतेको प्रदर्शनले पनि सरकारले प्रतिपक्षको शक्ति देखेको छ । तर पनि प्रधानमन्त्रीको विकल्प खोजेको छैन । यो सरकारको सफलताको कामना गर्छौं ।”
उनले सरकारले नविन ढंगको काम गर्न नसकेको बताए ।

“कहाँ गयो रेलमार्गको कुरा ? चुलोमा ग्यासको पाइप पुर्याउने कुरा कहाँ पुग्यो ?” उनको प्रश्न थियो । यस्ता छन् कांग्रेसले ठहर गरेका ७ बुँदा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.