समाजवादी प्रेस संगठन काठमाडौँद्वारा जनप्रतिनिधिलाई सम्मान गरिने

असार ६, काठमाडौँ । समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ शाखा कमिटीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह कलम लिएर निर्वाचित भएका काठमाडौँका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आउँदो बुधवार ८ गते शाखा कमिटीले काठमाडौँ भित्रका विभिन्न स्थानीय तहमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिने शाखाका अध्यक्ष भीम लामाले जानकारी दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय सचिव एवम् प्रमुख सचेतक जीवनराम श्रेष्ठ, केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुसुम कुमार कार्की, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शभ्मु श्रेष्ठ लगायतको सहभागीतामा सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

असार ८ गते पार्टी केन्द्रीय कार्यालयको सभा हल तिनकुनेमा हुने उक्त कार्यक्रममा पारदर्शीता र सूचनामैत्री स्थानीय तह निर्माणका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका विषयमा समेत बहस हुने प्रेस संगठन काठमाडौँका अध्यक्ष भीम लामाले बताए । समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय तहको कामलाई पारदर्शीसहितको सेवा प्रवहमा चुस्त र प्रभावकारी बनाउन जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका बारेमा समेत चर्चा हुने बताए ।

काठमाडौँका तीन स्थानीय तहहरु काठमाडौँ महानगरपालिका–१५, कागेश्वरी मनोहरा नगरपालिका– ६ र शंखरापुर नगरपालिकाको वडा १ मा नेकपा एकीकृत समाजवादीबाट चुनाव चिन्ह कलम लिएर निर्वाचित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.