लसुन र प्याजले चम्काउँछ अनुहार, यस्तो छ प्रयोग गर्ने विधि

काठमाडौँ । सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने रु यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ।

धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन्। यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ।

प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो। त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ।

छालाको लागि वरदान प्याज

प्याजमा केही प्रकारको भिटामिन हुन्छ। यो एन्टी अक्सिडेन्टको खजाना पनि हो। यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ। यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ।

कसरी प्रयोग गर्ने ?

प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ।

रुखोपन हटाउने लसुन
लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ। यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ।

कसरी गर्ने प्रयोग ?

नियमित रुपमा एक वा दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ। यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ। लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ।

फेसप्याक बनाउने विधि

– लसुनको पाँच वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने । त्यसलाई मिक्सरमा राखेर पिस्ने।

– अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने।

– त्यसपछि सफा पानीले अनुहार पखाल्नुपर्छ।

– लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ।

– अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.