राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट २१ सदस्यीय केन्द्रीय समिति गठन

असार ४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाललले पहिलो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट विद्यार्थी परिषद् र कानुन कार्य राष्ट्रिय समिति गठन गरेको छ ।

विद्यार्थी परिषद्ले असार ३ र ४ गते ललितपुरकको नेसनल ल कलेजमा आयोजना गरेको दुई दिने राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनबाट चार सल्लाहकार टोली र २१ सदस्यीय विद्यार्थी परिषद् कानुन अध्ययन राष्ट्रिय कार्यसमिति निर्माण गरेको हो । परिषद्को कानुन कार्य समितिमा केन्द्रीय संयोजक मिलन अधिकारी, सह संयोजक अनोज शर्मा, सचिव भानुप्रकाश, सह–सचिव विष्णु विवेक ढुङ्गाना, सह–सचिव रिना ज्ञवाली, छात्रा प्रमुख नविना पाठक, कोषाध्यक्ष श्रद्धासुमन गुरूवाचार्य, मिडिया संयोजक सहदेव नेपा , सदस्यहरूमा प्रगति तिवारी, रामरतन सिंह, मञ्जिला ज्ञवाली, नाताशा कुमारी अधिकारी, आकाश प्याकुरेल, रक्षा घिमिरे, यशोदा चन्द, अपरा न्यौपाने, अमराज साँउद, सफलता विश्वकर्मा, जगदीश मल्ल , वर्षा सुनार , सम्भव कोइराला सहित २१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

त्यस्तै केन्द्रीय सल्लाहकारहरू ज्ञानेश्वर पराजुली, शेमन्त दाहाल, प्रा. हेमराज गिरी र राष्ट्रविमोचन तिमल्सिना रहनु भएको छ । दुई दिन सम्म संचालन भएको सम्मेलनमा अन्तर्राष्ट्रिय कानुन, धर्मशास्त्र र कानुनको भिन्नता, विद्यार्थी परिषद्को कार्यमा कानुन विद्यार्थीहरूको भूमिका, नेपालमा भईरहेको आपराधिक गतिविधि र अपराधको प्रकृति, कानुन र नैतिकता लगायत महत्त्वपूर्ण विषयहरूमा नेपाल तथा भारतका विज्ञहरू नेपाल ल क्याम्पसका सहायक डीन ज्ञानेश्वर पराजुली, एआइजी उत्तमराज सुवेदी, वरिष्ठ अधिवत्ता शेमन्त दाहाल, भारतको उदयपुर विश्वविद्यालय कानुन विभागका डीन आन्नद पालिवल र विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल,महासचिव छितराज न्यौपानेले छलफल र अन्तर्क्रिया गरेका थिए ।

विद्यार्थी परिषद्ले वर्तमान समयमा नेपाललको न्यायालय, कानुनी क्षेत्र, ल क्याम्पसहरूमा देखिएका विकृति ,विसंगति , भ्रष्टाचार , दलीय भागबन्डा, न्यायमाथि अर्थिक अनियमितता यी तमाम विषयहरूलाई नियाल्दै आगामी दिन स्वच्छ, निश्पक्ष, न्यायालयलाई दलीय भागबन्डाबाट मुक्त बनाउने दीर्घकालीन उद्देश्य सहित यस राष्ट्रिय कानुन सम्मेलनबाट विद्यार्थी परिषद् कानुन कार्य राष्ट्रिय समिति निर्माण गरेको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.