प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै

भदौ ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ ।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।” प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले नेपाली, अंग्रेजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गर्नुभएको थियो । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.