नीति तथा कार्यक्रम विगतका सरकारको तुलनामा उत्कृष्ट : सांसद आले

जेठ २५, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले आगामी वर्षको लागि बागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरूको तुलनामा राम्रो भएको दाबी गर्नुभयो ।

सांसद आलेले नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरूले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको उहाँको भनाइ छ ।समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.