मुग्लिङ–पोखरा सडक बनाउन दैनिक पाँच घण्टा बन्द गरिने

जेठ २०, काठमाडौं । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ ।

याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने तयारी गरिएको छ । सो समयमा आवागमन बन्द गरिने सडक योजना तनहुँको सूचनामा उल्लेख छ । सूचनामा त्योभन्दा अघि वा पछि मात्रै उक्त सडक वारपार गरिदिन अनुरोध गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.