जेठ १२, काठमाडौँ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट युवा परिषद नुवाकोटको अध्यक्ष पदमा उदव पनेरु नियुक्त भएका छन ।
पनेरु नेकपा एकीकृत समाजवादी नुवाकोटका उपसचिव तथा श्रीस्वस्थानी मिडियाका अध्यक्ष एवं एकीकरण अनलाईन पत्रिकाका अध्यक्ष हुन्। यस्तै, मन्त्रालयले बागमती प्रदेशका पाँच जिल्लाहरु चितवन, मकवानपुर, दोलखा, रामेछाप र सिन्धुलीमा पनि अध्यक्ष नियुक्त गरेका छन् ।

