बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग

जेठ ९, काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०७९÷ ८० को बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग गरेको छ ।

कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन केन्द्रको माग छ । केन्द्रले सोमबार एक विज्ञप्ति प्रशासित गर्दै उत्पादन र स्वामित्वका आधारमा किसानको वर्गीकरण गरी परिचय–पत्र वितरण, परिचय–पत्रका आधारमा सेवा, सुविधा, अनुदान, कृषि ऋण र विमा लगायतका सुविधा प्रदान अनुरोध गरेको हो ।

‘किसान पेन्सनको व्यवस्था, कृषि अनुदानमा भएको भ्रष्टाचारको अन्त्य, समयमा किसानलाई गुणस्तरीय बिउबिजन र मलखाद उपलब्ध गराउन, न्यूनतम् समर्थन मूल्य तोक्न जोडदार माग गर्दाछौं,’ महासंघ अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, कृषिमा आयात प्रतिस्थापनका कार्यक्रलाई बजेटमा प्राथमिकतामा राखियोस् ।’

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.