स्थानीय निर्वाचनः काभ्रेका ७ पालिकामा कांग्रेस, ४ मा माओवादी

जेठ ९, काठमाडौं । काभ्रेका १३ पालिकामध्ये ७ मा कांग्रेस र ४ मा माओवादी केन्द्र विजयी भएका छन् । एमाले र एकीकृत समाजवादीले १÷ १ पालिका जितेका छन् ।

यसैबीच पछिल्लो पटक परिणम सार्वजनिक भएको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा एमालेका सूर्यमाया दनुवार विजयी भएका छन् । खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई फराकिलो अन्तरले पराजित गरे । खरेलले १२ हजार ८ सय ३६मत र अधिकारीले ८ हजार १ सय १५ मत पाए । त्यस्तै उपप्रमुख दनुवार ९ हजार ५ सय ३४ र माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत ल्याए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.