चरा ठोक्किंएपछि जजिराकाे विमान लुम्बिनीमै राेकियाे

जेठ ९, काठमाडौं । लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किंएकाले फर्कन सकेको छैन् ।

आइतबार राती २ बजे १ सय २१ यात्रु लिएर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चरासँग ठोक्किंएको जनाइएको छ। आइतबार राती नै यताबाट फर्कनुपर्ने विमान अहिलेसम्म फर्कन नसकेको हो। चरा ठोक्किएपछि विमान फर्किन नसकेको हो । विमानको ककपिट अगाडिको सिसामा रगत लागेको देखिएको तर चरा कतै विमानस्थलमा नदेखिएकाले विमानको इन्जिनमै छिरेको आशंकामा चेक जाँचका लागि विमान होल्ड गरिएको विमानस्थलले जनाएको छ। काठमाडौंबाट गएका प्राविधिकहरूले विस्तृत रुपमा चेकजाँच गरेपछि मात्र विमान उडान गरिने बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.