६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

जेठ ६, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा) ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ । नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ । साथै लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ ।

२३ गाउँपालिकामा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ। नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ। त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५–५ ठाउँमा अग्रता लिएका छन्। एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.