५५५ पालिकाको अन्तिम मत परिणाम : २४८ सहित कांग्रेस पहिलो

जेठ ५, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत देशका विभिन्न स्थानमा मतगणना जारी छ । बिहीबार दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुुसार अहिलेसम्म नेपाली कांग्रेस २४८ स्थानीय तहका नेतृत्वमा विजयी भएको छ । कांग्रेसले १६३ गाउँपालिकाका अध्यक्ष र ८५ नगरपालिकाका प्रमुख पद जितेको हो । यस्तै, नेकपा (एमाले) ले १५७ स्थानीय तहका प्रमुख जितेको छ । एमालेले १०७ गाउँपालिकाका अध्यक्ष र ५० नगरपालिकाका प्रमुख पद जितेको हो ।

नेकपा (माओवादी केन्द्र) ले ८६ गाउँपालिकाका अध्यक्ष र १६ नगरपालिकाका प्रमुखसहित १०२ स्थानीय तह जितेको छ । आयोगका अनुसार अहिलेसम्म जनता समाजवादी पार्टी (जसपा) नेपालले १४ वटा गाउँपालिकाका अध्यक्ष पद जितेको छ । एकीकृत समाजवादीले ६ वटा पालिकाको मेयरमा जित हासिल गरेको छ । १८ गाउँपालिकाका अध्यक्ष र १० नगरपालिकाका प्रमुखमा अन्य पार्टी र स्वतन्त्र विजयी भएको आयोगले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.