पुस्तकालय सहायक छोडेर पालिका अध्यक्षमा विजयी

जेठ ५, जाजरकोट । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पुस्तकालय सहायक पदवाट राजिनामा दिएर राजनितीमा प्रवेस गर्नुभएका वीरबहादुर गिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का वीरबहादुर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।गिरीले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनु भएका महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित गिरीले तीन हजार ९५४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शाहले तीन हजार ८४५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै गरी उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरबहादुर गिरी निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा निर्वाचित गिरीले तीन हजार ६६३ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी एमालेकी गिता सिंहले तीन हजार ४०१ मत प्राप्त गर्नु भएको छ । गिरी छ महिना अघि सरकारी जागिर छोडेर राजनितीमा होमिनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.