नागरिकता विधेयक अघि बढाउन प्रचण्ड, गृहमन्त्री र कानुनमन्त्रीबीच छलफल

जेठ ५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्मा (कोइराला)बीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा कुराकानी भएको थियो । संसद्मा पेस गर्न लागेका र पेस गरिसकेका महत्त्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

“समसामयिक राजनीति, संघीय संसद्लाई नियमित सञ्चालन गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,” गृहमन्त्री खाँणले भने, “प्रतिनिधिसभाको जारी अधिवेशनमै राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा छलफल भएको छ ।”

उनले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिसकेका छन् । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको उनको भनाइ छ । नागरिकता विधेयक आम नागरिकको सरोकारको विषय भएकाले दलहरूबीच भिन्न मत हुन नहुने उनको धारणा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.