जेठ २, काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।
रोशी ९ मंगलटार पन्नचेका गणेश लुङ्गेलीकी १६ वर्षीय छोरी साजनी लुङ्गेली बारीबाट घर फर्किने क्रममा बाटोमा चट्याङ लागेर घाइते भएकोमा भकुण्डे मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए। उनका अनुसार मृतक किशोरीको शव धुलिखेल अस्पतालमा राखिएको छ।
काभ्रेमा भारी वर्षाका साथै हावाहुरीका कारण कोशीपारि क्षेत्रमा घरको छानोसमते उडाएको छ । यस्तै जिरोकिलोबाट मेलम्ची जाने सडकको जिरोकिलो कुनतावेशी सडकखण्डमा बाढीले लेदो ल्याउँदा सडक जोखिमपुर्ण बनेको छन् ।

