जेठ २, काठमाडौं । रसुवाको कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटा विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयको अन्तिम नतिजाअनुसार देवकोटा दुई हजार ६२२ मत ल्याए निर्वाचित भएकी हुन् । दोस्रो बनेका एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका सोमबहादुर तामाङले एक हजार ५२२ मत प्राप्त गरे । उपाध्यक्षतर्फ पनि कांग्रेस नै विजयी बन्यो । कांग्रेसकी मिरा तामाङ दुई हजार ८१० मतका साथ विजयी भइन् । दोस्रो भएकी एमालेकी अम्बिका भट्ट पौडेलले दुई हजार २ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का विष्णुप्रसाद देवकोटाले एक हजार ४० मत प्राप्त गरे ।

