जेठ १, काठमाडौँ । युवाहरुलाई साहसिक काममा संलग्न गराई समाजसेवा र सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्थापित संस्था हाम्रो नव किरण लोखिम समाज काठमाडौँको ब्यानर लबुचे पिकमा फरएको छ ।
वैशाख २९ गते पर्यटन व्यवसायी एवम् पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका होम प्रकाश राईले ६१६२ मिटरमा रहेको लबुचे पिकमा उक्त ब्यानर फराएका हुन् । हाम्रो नव किरण लोखिम समाज काठमाडौँका अध्यक्ष समेत रहेका राईले युवाहरुलाई एक्यवद्ध गराई पर्यटन प्रर्वद्धनसंगै सामाजिक रुपान्तरणमा केन्द्रीत गराउन उक्त कार्य गरेको बताउनुभयो ।
सामाजिक सेवामा समेत क्रियाशिल रहदै आएको सो संस्थामार्फत विभिन्न समयमा युवाहरुलाई आत्मानिभर बनाउने ज्ञान, सीप लगायत क्षमता अभिवृद्धिको तालिम समेत सञ्चालन गराउँर्दै आएको अध्यक्ष राई बताउनुभयो । विपतमा परेका व्यक्तिहरुलाई सहयोग गराउने र युवाहरुलाई नेतृत्व क्षमताको कार्यमा समेत संलग्न गराउन आगामी दिनहरुमा संस्थाले गतिविधि सञ्चालन गरिने बताउनुभयो ।


