सर्लाहीमा मतदान अधिकृत पक्राउ

जेठ १, सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमुक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको मुख्य अधिकृतको कार्यालय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त स्थानमा मतदान स्थगित भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.