जेठ १, काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर– १४ फुलासीमा नेकपा एमाले विजयी भएको छ । एमालेको पूरै प्यानल निर्वाचित भएको हो ।
नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार मोतिलाल तामाङ विजयी भएका हुन् । उनले ६७८ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारले ४३४ मत ल्याएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारले २९३ मत पाएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदानको आज बिहान परिणाम सार्वजनिक भएको हो । अरू वडाको मतगणना जारी छ ।

