निर्वाचनका दिन अत्यावश्यक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

वैशाख २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका दिन प्रसूति तथा अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. संगीता कौशल मिश्राले आकस्मिक सेवाका लागि सो दिन अवरुद्ध नगर्न आग्रह गरेकी हुन् । यस पटकको स्थानीय निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीसमेत निर्वाचनका लागि खटाइएको छ । कतिपय स्थानीय तहमा आकस्मिक सेवा नै बन्द गरेर निर्वाचनमा कर्मचारी खटाइएको समाचार आइरहेका बेला मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.