यी हुन् टाउको दुखाइका घरेलु औषधि

अदुवाः नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि टाउको दुख्ने गर्छ। अदुवा खाँदा पेटको ग्यास बाहिर निस्किन्छ।

दालचिनीः दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने। यसो गर्दा टाउको दुखाइ कम हुन्छ।

ल्वाङः ल्वाङमा दुखाइ सोस्ने क्षमता हुन्छ। केही ल्वाङ भाच्ने र एउटा कपडामा बाँधेर निरन्तर सुघ्ने। केही बेर सुघ्दै गएपछि टाउको दुखाइ घट्दै गएको महसुस गर्न सकिन्छ।

पानीः शरीरमा पानीको मात्रा कम हुँदा पनि टाउको दुख्न सक्छ। त्यसकारण निश्चित समयको फरकमा पानी पर्याप्त मात्रामा पानी पिउनु पर्छ। तर एकैपटक धेरै पानी पिउनु हुँदैन। एक दिनमा कम्तीमा पाँच लिटर पानी पिउन सकिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.