काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा

वैशाख २३, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ।काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो।

तस्बिर: केशब गुरुङ

सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।  कार्यक्रममा काँग्रेस, (माओवादी केन्द्र. एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्दै हुनुहुन्छ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन्। निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.