वैशाख १७, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनले चुनावी दैनिकी कार्यक्रम सार्वजनिक गरेका छन् ।
आइतबारदेखि घरदैलो कार्यक्रम गर्न गठबन्धन दलका नेता कार्यकर्ताहरु तयारी रहेको बताएको छ । गोकर्णेश्वर नगरपालिकामा गठबन्धनका साझा उम्मेद्वार एकीकृत समाजवादीबाट नगर प्रमुखमा गोपाल बराल उम्मेद्वार बनेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट पेमाछिरि शेर्पा उम्मेद्वार छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनका उम्मेद्वारहरुले आइतबारबाट काठमाडौं गोकर्णेश्वर नगरपालिकाका मतदाताको घरघर पुगेर भोट माग्ने तालिका तय भएको छ । उम्मेदवारहरुको अभियान आइतबार सुरु भएर बैशाख २७ गते अन्तिम चुनावी सभा गरी समापन हुनेछ । नगरभित्रका ९ वटा वडाहरुमध्ये ६ वटा वडाहरुमा माओवादी केन्द्र र बाँकी ३ वटामा समाजवादीलाई दिने सहमति भएको छ । जसमध्ये १,२,३,५,,९ वडाहरु माओवादी केन्द्रले लिएको छ भने ४,६, ७ र ८ वडाहरु एकीकृत समाजवादीको भागमा परेको छ ।


