युवा सञ्चारकर्मी पाख्रिन हेलम्बु गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार

वैशाख १५, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाको उपाध्यक्ष पदमा युवा सञ्चारकर्मी सुजन पाख्रिन तामाङ उम्मेद्वार बनेका छन् ।

तामाङ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट बनेको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । उनी एकीकृत समाजवादीको तर्फबाट कलम चिन्हमा चुनाव लड्दै छन् भने अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट पेमा ज्यावा ह्योल्मो लामा गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठेका छन् । युवा पत्रकार तामाङ विभन्नि सञ्चार माध्यममा काम गरिसकेको र समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको कोषाध्यक्ष समेत हुन् ।

गाउँपालिको सूचना प्रवालीकरणमा जोड दिदै पालिकालाई सुशासनमैत्री बनाउनका लागि आफ्नो उम्मेद्वार दिएको बताएका उपाध्यक्ष पदको उम्मेद्वार सुजन पाख्रिनले पर्यटकीय सम्भावना हुँदाहुँदै पनि ओझेलमा परिरहेको हेलम्बु गाउँपालिकालाई थप अध्ययन गर्दै  व्यवस्थित बनाउने बताएका छन् । पर्यटनको विकाससंगै रोजगारको वातावरण सिर्जना गरी आर्थिक रुपमा गाउँपालिकालाई सम्पन्न बनाउने लक्ष्य बोकेर जनतामाझ जाने बताएका छन् ।

शिक्षामा स्नातक समेत गरेका तामाङले पालिकाको विकास निर्माण संगै सामाजिक, साँस्कृतिक तथा आर्थिक पक्षलाई विशेष जोड दिदै वेरोजागरी समस्यालाई सुल्झाउन दीर्घाकालिन रणनीतिका साथ अगाडी बढ्ने प्रतिवद्धतता गरेका छन् । जनसेवासंग जोडिएका हरेक काममा सहजीकरण गर्ने र सूचनामैत्री पालिका निर्माण, कृषि आधुनिनिकरण, प्रत्येक वडामा तरकारी तथा दुग्धजन्य पर्दाथको लागि प्रशोधन केन्द्र स्थापना, एक वडा एक उद्यामी जस्ता योजनाहरु रहेको उपाध्यक्ष पदको उम्मेद्वार सुजन पाख्रिन तामाङले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.