वैशख ११, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमती भएको छ ।
धेरै समयको प्रयासपछि आउने वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आफ्नो समूहलाई जीत हासिल गराउनका लागि दुई पार्टीबीच सहमति भएअनुसार गोकर्णेश्वर नगरपालिका मेयर पदको उम्मेद्वारमा नेकपा एकीकृत समाजवादीको तर्फबाट गोपाल बराललाई सिफारिस गरेका छन् भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट पेमाछिरी शेर्पालाई सिफारिस गरेका छन् ।

जोरपाटी निवासी बराल नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य समेत हुन् । त्यस्तै पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् । दुई पार्टीवीचको सहमतिपछि नगरपालिकाभित्रका वडाहरुमा पनि भागबण्डा टुंगो लगाएको छ । नगरभित्रका ९ वटा वडाहरुमध्ये ६ वटा वडाहरुमा माओवादी केन्द्र र बाँकी ३ वटामा समाजवादीलाई दिने सहमति भएको छ । जसमध्ये १,२,३,५,७,९ वडाहरु माओवादी केन्द्रले लिएको छ भने ४,६,८ वडाहरु एकीकृत समाजवादीको भागमा परेको छ ।
चुनावलाई सफल बनाउन दुई पार्टीको प्रयास निकै सकारात्मक भएको घोषणा गर्दै वैशाख १२ गते उम्मेद्वारी मनोनयन दर्तामा जाने बताएको छ । उम्मेद्वारी दतामा दुई पार्टीकै नेता कार्यकर्ता सहित बाजा, झाकी सहित प्रस्तुत हुने तयारी रहेको एकीकृत समाजवादी गोकर्णेश्वरले जनाएको छ ।



Comments are closed.