वैशाख ११, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि देशभर राजनीतिक दलहरु आफ्नो उम्मेद्वार छनौटका लागि कसरत छन् । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेको लागि उम्मेद्वारीको नाम दर्ता कार्यतालिका सार्वजनिक गरेको छ ।
उम्मेद्वारीहरुको नाम टुंग्याउन नसक्दा राजनीतिक दलहरु अन्यौलमा छन् भने केही स्थानमा उम्मेद्वारी दर्ताको तयारी समेत भएको छ । त्यस्तै काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष पदमा भने नेकपा एकीकृत समाजवादीको तर्फबाट जिल्ला सचिवालय सदस्य तथा रोशी इन्चार्ज समेत रहेका लाप्साङ तामाङले उम्मेद्वारको लागि आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । हाल केन्द्रको राजनीतिक महोलसंगै रोशीमा सत्ता गठबन्धनको चर्चा रहेत पनि सबै दलहरुले आ–आफ्नो तरिकाबाट उम्मेद्वारी दिने तयारी रहेकोले लाप्साङ तामाङले आफ्नो पार्टीको अस्तित्व जोगाउनका लागि आफ्नो उम्मेद्वार सुनिश्चित भएको बताएका छन् ।
त्यस्तै राशीका केही वडाहरुमा एकीकृत समाजवादीबाट आफ्नो उम्मेद्वार छनौट गरिसकेको छ । त्यस्तै चर्चाको विषय रहेको रोशी ३ मा भने गठबन्धनको आलटालले गर्दा सबै दल अन्यौलमा छन् । तथापी नेकपा एसले भने उम्मेदवारको नाम तयारी गगरेका छन् । उम्मेद्वारहरुको नाम भने वैशाख १२ गते मात्र सार्वजनिक गर्ने बताएको छ ।

