स्थानीय तह निर्वाचनः आज र भाेलि मनोनयनपत्र दर्ता

वैशाख ११, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अब उमेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको बताएका छन् ।

उनले उमेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.