एमालेले टुंगायो महानगर र उपमहानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

वैशाख १०, काठमाडौं । नेकपा (एमाले) ले महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । यस्तै, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ, भरतपुरको मेयरमा विजय सुवेदी र ललितपुर हरिकृष्ण व्यञ्जनकारको नाम बैठकले चयन गरेको छ ।

पार्टीले वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्ज र भरतपुर महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.