प्राज्ञिकको वाग्मती प्रदेश कार्यसमिति बैठक कीर्तिपुरमा प्रारम्भ

वैशाख १०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमिति बैठक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रारम्भ भएको छ ।

सांगठनिक समिक्ष एवम् आगामी कार्य योजना तय गर्ने उदेश्यले आयोजना गरिएको बैठक प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र बहादुर राईले उद्घाटन गरेका छन् । बैठकका प्रमुख अतिथि समेत रहेका ध्यानेन्द्र बहादुर राईले प्राज्ञिक विद्यार्थी परिषदले गरेको कार्यको प्रशंसा गर्दै बैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । प्रमुख अतिथि प्राध्यापक डा. राईले मानिस विचार भन्दा पनि तल एउटा व्यत्तिको दासत्वबाट अगाडि बढन थालेको र राज्यको हरेक क्षेत्र विस्तारै केही न केही समस्याबाट ग्रस्त हुँदै गईरहेको बताए ।

त्यस्तै बैठकको उद्घाटन सत्रमा व्यवस्थापन विभागका विभागिय प्रमुख प्रा.डा. रामाजी गौतमज्युले बैठक सफलताको शुभकामना दिदै वर्तमान समयमा राज्यको प्रमुख निकायमा रहेका व्यत्तिहरू पार्टी र विचारको दासत्वको सिकार भई आफ्नो जिम्मेवारी ठिक र इमान्दारीताको साथ पूरा नगरेकाले विश्वविद्यालय, क्याम्पस र शिक्षा क्षेत्र समस्याहरूमा चरम समस्याहरू उत्पन्न भएको बताएका छन् र साथै समस्याको समाधान गर्न हरेक क्षेत्रमा एक असल व्यत्ति आवश्यक रहेकोले सोही व्यत्ति निर्माण गर्ने कार्य विद्यार्थी परिषद्ले गरिरहेको बताए । उनले असल व्यत्ति निर्माणका लागि परिषद् वाग्मती प्रदेशले अझ प्रभावकारी रूपमा काम गर्नु पर्ने बताएका थिए ।

वैशाख ९ र १० गते संचालन हुने बैठकमा विद्यार्थी परिषद् वाग्मती प्रदेशले विगतमा गरेको कार्यक्रमात्मक समिक्षा सांगठनिक समिक्षा , आगामी बर्षको बार्षिक कार्ययोजना, नगर अभ्यास वर्ग, जिल्ला अभ्यास वर्गको योजना, सदस्यता अभियान, क्याम्पस कार्यविस्तार योजना, सांगठनिक तीन राष्ट्रिय कार्यक्रम, रचनात्मक तथा आन्दोलनात्मक गतिविधिहरूको बारेमा विशेष छलफल पश्चात् आगामी कार्यक्रमहरूको घोषणा गर्ने विद्यार्थी परिषद् वाग्मती प्रदेश अध्यक्ष डा. दयाराम भूषालले जानकारी गराए ।

बैठकमा त्रिवि व्यवस्थापन विभागका विभागिय प्रमुख एवम् विद्यार्थी परिषद्का केन्द्रीय विशेष आमन्त्रित सदस्य प्रा.डा रामजी गौतम , राष्ट्रिय महासचिव छितराज न्यौपाने, प्रदेश अध्यक्ष डा।दयाराम भुषाल, राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाई लगायत प्रदेश समितका प्रमुख कार्यकर्ताहरूको उपस्थिति रहेको थियोे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.