फ्रि फायर गेमबाट चिनजान, त्यसपछि ‘बलात्कार’

बैशाख ७, काठमाडौं । फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् ।

अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएपछि प्रहरीले बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थबाट फेलापारेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका महेशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेन्जरमा भिडियो कल तथा म्यासेजहरूमार्फत कुराकानी भई विवाह गर्नेलगायत आश्वासन दिएको खुलेको छ ।

सोही क्रममा गएको चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति टोखा नगरपालिका–६ स्थित वसुन्धरामा राखी बलात्कार गरेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.