वैशाख ६, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
आज (मंगलबार) बिहान देशका पहाडी भू– भागमा आंशिक बदली रहेको छ । अन्य भू– भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशको पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू– भागमा आंशिक बदली रहनेछ। प्रदेश(१ लगायत देशका पहाडी भू– भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू– भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राती भने प्रदेश– १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश–१, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

