स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

बैशाख ५, काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ ।

सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका थिए । तर दोस्रो हाफमा रियलका रोड्रिगो, नाचो र करिम बेन्जमाले एक एक गोल गर्दै टोलीलाई विजयी गराएका हुन्। स्पेनिस लिगका अन्य खेलहरुमा एथ्लेटिको म्याड्रिडले इस्पानियोललाई २–१ ले हराउँदा लेभान्तेले ग्रानाडालाई ४–१ ले तथा सेल्टा भिगोले एथ्लेटिक बिल्बाओलाई २–० ले हराएका छन् । आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको रियल म्याड्रिड शीर्ष स्थानमा छ ।

दुई खेल कम खेलेको बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा रहँदा ३२ खेलबाट समान ६०–६० अंक जोडेका एथ्लेटिको म्याड्रिड र सेभिया क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.