नयाँ वर्षको स्वागतमा रचनात्मक गतिविधि

चैत्र ३०, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा २०७८ साललाई विदाई सँगै देशभर नव २०७९ को स्वागत गर्दै विभिन्न रचनात्मक कार्यक्रम संचालन गरेको छ ।

नयाँ बर्ष २०७९ लाई स्वागत गर्दै परिषद्ले देशभर रहेको ५० वटा भन्दाबढी नगर इकाई तथा क्याम्पसहरूमा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रस्फुटन लगायत एक दर्जन भन्दाबढी कार्यक्रमहरू गरेका छन् ।

परिषद्ले देशको प्रमुख नगर तथा क्याम्पस र विश्वविद्यालयहरू कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय, चितवनको विरेन्द्र बहुमुखी क्याम्पस, दाङ , पोखराको पृथ्वीनारायण क्याम्पस, धनगढी, अत्तरिया, डडेलधुरा, विराटनगरलगायतको क्षेत्रहरुमा रचनात्मक कार्यक्रमहरु संचालन गरेको परिषद्का राष्ट्रिय सचिव नारायण तिमल्सिनाले जानकारी दिनु भएको छ । प्रााज्ञिक विद्यार्थी परिषद्ले आफ्नो स्थापना कालदेखि नै नव बर्षको समयमा विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

त्यस सँगै शिक्षा क्षेत्रमा दलिय राजनीतिभन्दा माथी रहेर काम गर्दे आईरहेको विद्यार्थी परिषद्ले युवा विद्यार्थीहरुमाझ नेपाली मौलिक धर्म, कला संस्कृतिको संरक्षण गर्न जोड दिदै आइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.