बिहे गर्छु भन्दै महिलासँग ४२ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

चैत २१, काठमाण्डौ । एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने रामेछापको साँघुटार नगरपालिका घर भइ काठमाण्डौ बस्ने ५२ वर्षका लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । श्रेष्ठले महिलालाई बिहे गर्छु भनेर विश्वासमा लिइसकेपछि बिरामी परेकाले उपचार खर्च, झारफुक खर्च लगायतका बहानामा महिलासँग पैसा असुलेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.