चैत २१, कोलम्बो । श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । दशकौँयताकै सबैभन्दा चरम आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका छोराले पनि राजीनामा दिएका छन् ।
तर, प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनका भाई राष्ट्रपति गोताबाया राजापाक्षेले भने राजीनामा गरेका छैनन् । राजापाक्षे परिवारको राजीनामा मागिरहेका आक्रोशित प्रदर्शनकारीहरूले यस कदमको कुनै अर्थ नभएको बताएका छन् । सर्वसाधारणले कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शन गरेका थिए । श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटसँग जुझिरहेको छ । बीबीसीबाट ।

