प्रधानमन्त्री देउवा वाराणसीमा

चैत २०, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् ।

उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन् ।

त्यसअघि, प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.