एकिकृत समाजवादी मकवानपुर – काठमाडौं सम्पर्क मञ्चको भेला सम्पन्न

५१ सदस्यीय मञ्च र ३ सदस्यीय सल्लाहकार चयन

चैत १९, काठमाडौं । नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । काठमाडौंको हार्दिक होटेलमा शुक्रबार भएको भेलाले ५१ सदस्यीय सम्पर्क मञ्च र ३ सदस्यीय सल्लाहकार चयन गरिएको हो ।

काठमाडौंमा विभिन्न पेशामा आवद्ध रहेका सयौंको संख्यामा मकवानपुरेहरुको उपस्थिति रहेको उक्त भेलाले दिपेन्द्र लामा बम्जन अध्यक्ष, कुमार गहतराज र कविता अर्याल उपाध्यक्ष, चक्र तामाँङ सचिव, आशिष बल, हिरा थिङ र इमानसिंह स्याङतान उपसचिव, अनु भोलन कोषाध्यक्ष चयन गरेको छ । यसैगरी मञ्चको सदस्यहरुमा सुनिता बल, बिदुर वाइवा, उर्मिला वाइबा, कमला जिम्बा, सुनिता गोले, राजु थापा, तारा तामाङ, उर्मिला थापा, आशा तामाङ, पुकार योन्जन, जितबहादुर गोपाली, एकराज वाइबा , सुरेन्द्र गोले, महन्त गोले, मदनकुमार स्याङ्तान, रमिस्ता कार्की, सुरेन बल लगायत रहेका छन् ।

यस्तै सल्लाहकारहरुमा लालबहादुर पाख्रिन, बुद्ध बहादुर दोङ र केशव कार्की रहनुभएको छ ।  कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष बिरबल काजी राई, केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष तथा पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य शन्तराम बिडारी, सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष नवराज तिमल्सीना, मजदुर नेता बलराम फुँयाल लगायतले शुभकामना दिनुभएको थियो ।

सम्पर्क मञ्चका पुराना सदस्य केशव कार्कीको अध्यक्षतामा भेला आयोजना भएको थियो । सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष बिरबल काजी राईले नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने उपाध्यक्ष नवराज तिमल्सीनाले कमिटीको घोषण गर्दै बधाइ ज्ञापन गर्नुभएको थियो । मञ्चले केही दिनमै वृहत भेला आयोजना गर्ने र पालिका स्तरीय मञ्च निर्माण गरी जिल्ला केन्द्रीत अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.