चैत १३, दमौली । निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद उत्पन्न हुन पुगेको छ ।
गाउँपालिका भवनको भोली पूर्वमन्त्री एवं गण्डकी प्रदेशका किरण गुरुङले उद्घाटन कार्यक्रम रहेको छ । भोली उद्घाटन गर्ने तयारी गरिएको भवनको प्लाष्टरको काम तथा झ्याल –ढोका राख्ने काम सम्पन्न भएको छैन ।त्यस्तै भवनको पेटी लगायतका संरचना समेत निर्माण गरिएको छैन । निर्माण कार्य सम्पन्न नभएको भवनको उद्घाटन कार्य रोक्नुपर्ने स्थानीय वासिन्दाको माग रहेको छ ।

