नेपालकै ठूलो ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

चैत १३, काठमाडौँ । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्धारा संयुक्तरुपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न‘ पुरस्कार प्रदान गरिएको हो । बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् । हरेक दुइ दुई वर्षमा प्रदान गरिने ‘भवन किर्ती रत्न‘ पुरस्कार गैर आवासीय नेपाली संघको १०औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो ।

गैर अवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यबिधी बनाएर बीबी फाउण्डेसनले नेपाल तथा नेपालीको लागी योगदान गर्ने नेपाली वा गैर अवासीय नेपाली ब्यक्ति वा संस्थालाई गैर आवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ ।

बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले नेपालमा तथा नेपाल बाहिर पनि नेपालको विकासको लागी धेरै मानिस काम गरिरहेका तथा उनीहरु कति जनाले नेपालको लागी राम्रो काम गर्न खोजिरहेका बताउँदै समाजको परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक उर्जालाई जोड्न यस पुरस्कारले भुमिका खेल्ने बताए ।
‘

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.