चैत ११, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका –८ शिवचोकमा रहेको दि सेलिब्रेसन को एड् स्कुलको आयोजनामा अन्तर हाई स्कूल हिज्जे प्रतियोगीता सञ्चालन भईरहेको छ ।

काठमाडौँ विभिन्न नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी रहेको सो प्रतियोगीता आज अन्तिम चरणमा पुगेको छ । गत ७ गतेबाट शुभारम्भ भएको प्रतियोगीतामा ३३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी छन् । दि सेलिब्रेसन को एड् स्कूलले विद्यार्थीहरुको स्मरण शक्तिको वृद्धि तथा मतिस्कालाई चलयमान बनाउन रचनात्मक र व्यवहारिक बनाउन प्रतियोगीताको आयोजना गरेको स्कूलका प्रबन्धक टासी लामाले जानकारी दिए । प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगीता १० औँ संस्करणमा प्रवेश गरेको बताए ।

विद्यार्थीहरुको सार्वङ्गीन विकासका लागि स्कूल तथा कलेजले विद्यार्थीहरुको रुचिअनुसार एकेडेमिक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको खेलकुद, अन्तरक्रिया, हाजिरि जावाफ प्रतियोगीता, र सामाजिक कार्य लगायतमा सहभागीता जनाउँदै आईरहेको लामाले बताए । सहभागी प्रतिस्पर्धीहरुबाट प्रथम, द्धितृय, तितृय हुनेहरुलाई ट्रफी, मेडल तथा गिफ्ट भौचर सहित पुरस्कारको व्यवस्था गरिएको छ । शनिवार एक कार्यक्रमकावीच विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने आयोजकले बताएको छ ।





