चैत ११, काठमाडौं । काठमाडौंको दक्षिणढोका–थली हुँदै साँखु जाने–आउने सडकखण्डमा आज पनि स्थानीयको अवरोध जारी छ ।
सडक मर्मतको माग गर्दै थली, मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । अवरोधले मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ । थली हुँदै साँखु जाने–आउने सवारीसाधनलाई जोरपाटी–सुन्दरीजल हुँदै जाने–आउने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
हिजो पनि यस सडकखण्डमा स्थानीयले अवरोध गरेका थिए । यस्तै, ललितपुरको सातदोबोटो–हरिसिद्धि सडकखण्डमा पनि स्थानीयले सवारी आवागमन बन्द गराएका महाशाखाले जनाएको छ ।

