चैत १०, काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत तनहुँले पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको हो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।








