बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

चैत १०, काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

सरकारले बजेट निर्माणको काम गरिरहेकाले संसदको बजेट अधिवेशन छिट्टै आह्वान गर्ने बताइएको छ । प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.