नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

चैत ९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ ।

बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक मूलतः स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक तथा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने र ती प्रतिवेदनमाथि छलफल हुनेछ । चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको जनाइएको छ ।

त्यस्तै, बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने बताइएको छ । बैठक भोलि (बिहिबार) सम्म चल्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.