काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आनन्द कुटी विहारमा वुद्ध मूर्ति प्रतिस्थापित गरेको छ ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पुर्याएको विहारको पुननिर्माणका क्रममा बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापित गरेका हुन् । आनन्दकुटी विहार वि. सं. १९९९ मा धम्मालोक महास्थविरले नेपालमा वुद्ध शासनलाई पुनर्जागरण गराउन स्थापना गरेका थिए ।

