राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

चैत २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भूतपूर्व सैनिक परिषद् गठन गरेको छ । पार्टीले मंगलबार १०१ सदस्यीय भूपू सैनिक परिषद् गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठकाअनुसार परिषद्को नेतृत्व प्रकाशजंग थापाले गरेका छन् । उनी नेपाली सेनाका अ।प्रा।महासेनानी हुन् । राप्रपाले परिषद्मा विगतमा नेपाली सेनामा कार्यरत रही सेवानिवृत्त राष्ट्रसेवकहरू समेटिने बताएको छ । राजधानी काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष ।राजेन्द्र लिङ्देनले परिषदका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.